दुुई वाणिज्य बैंक, केही बिमा कम्पनी लगायतमा सयौंका लागि जागिरको अवसर एकसाथ खुलेको छ ।

मेगा बैंक, सिटिजन्स बैंक, नेको इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स लगायतमा सयौंका लागि जागिर खुलेको हो ।

मेगा बैंक लिमीटेडले तीन लेभलमा काम गर्ने गरी १ सय ६७ कर्मचारी मागेको छ । म्यानेजर लेभलमा मात्रै १९ जना कार्मचारी मागिएको छ । यस्तै, कर्पोरेट अफिसका विभिन्न विभागमा काम गर्ने गरी ५२ अफिसर लेभलका कर्मचारी मागिएको छ । कर्पोरेट अफिस तथा सप्तरी, सिरहा, सर्लाही, अछाम, बाँके, बर्दिया, धादिंग, डोटी, पाँचथर, ताप्लेजुंग र सिन्धुुपाल्चोकमा खुल्न लागेका नयाँ शाखा लगायतमा काम गर्ने गरी ९६ जना असिस्टेन्ट लेभलको कर्मचारी मागिएको छ ।

मेगाले निकालेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना हेर्नुहोस् :

 

उता, सिटिजन्स बैंक इन्टरनेशनलले पनि केही कर्मचारी माग गर्दै बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ । यो बैंकले असिस्टेन्ट म्यानेजर लेभलमा १ जना, जुनियर अफिसर लेभलको १ जना, चरीकोट, जाजरकोट, महोत्तरीको गौशाला तथा औराही शाखाका लागि कुल ४ ब्राञ्च म्यानेजर, इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि ५ जना कर्मचारी मागेको छ । बैंकले प्रकाशित गरेको सूचना यस्तो छ:

 

उता, झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले समेत २ पदमा कर्मचारी मागेको छ । नायव महाप्रबन्धक तथा सहायक महाप्रबन्धक पद तथा कनिष्ठ अधिकृत(सूचना प्रविधि) पदमा कर्मचारी मागिएको हो । यो बैंकले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय