काठमाण्डौ – गोरखाका बुद्धि बहादुर ढकालले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् । वैदेशिक रोजगारिका क्रममा उनका दुबै खुट्टा गुमेपछि ढकालले सहयोगको लागि अनुरोध गरेका हुन् । मलेसियामा रहेको बेलामा उनका दुबै खुट्टा गुमेका थिए ।
‘दुबै खुट्टाले साथ छोडेका थिए नै जीवन साथीले पनि छोडिन्’ उनले निकै भावुक हुँदै भने । दुबै खुट्टा गुमेपछि श्रीमतीले उपचारकै क्रममा उनलाई अस्पतालमै छोडेर हिडेकी थिइन् । प्रेम विवाह गरेका उनलाई श्रीमतीले छोड्दा थप पिडा भएको छ ।
उपचारको लागि सबै सम्पत्ति सकिएको बताउँदै उनले उपचारपछि भने आफ्नै खुट्टामा उभिने बताएका छन् । ‘मागेर खाने र गुजारा चलाउने बिचार बोकेको मान्छे म होईन ।’ अहिले सहयोग अपेक्षा गरेका उनले बाँकी जीवन समाजसेवामा बिताउने सोच बनाएका छन् । बाँकी भिडियो कुराकानीमा हेर्नुहोस:



