दमक/चिकित्सा शिक्षा विधेयक पारित भएको बिषयलाइ लिएर नेपाल बिद्यार्थी संघ झापाले जिल्लाका बिभिन्न ठाँउहरुमा आज बिरोध प्रर्दशन गरेको छ ।
ओलि सरकारको विरुद्ध र अनसनरतरसत्याग्रही डा. गोबिन्द केसीको जीवन रक्षाका लागी नेपाल विद्यार्थी संघ झापाको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा विरोध कायर्क्रम भएको कार्यक्रम संयोजक भवानी काफ्लेले बताएकाछन् ।
दमकको मुख्य गणतन्त्र चोकमा समेत बिद्यार्थीहरुले प्रदर्शन गरेकाछन् । प्लेकार्ड सहित दमक चोकमा केहि बेर बिद्यार्थीहरुले प्रदर्शन गरेकाहुन् ।




