दमक/झापाको दमकमा आगामि माघ १९ गते हुने लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानको तेस्रो रेगुलर बोर्ड बैठकको अन्तिम तयारी पुरा भएको छ । लायन्स क्लव अफ दमक स्टर्न लायन, लखनपुर र स्वीटसिटीको संयोजनमा हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको संयोजक विश्वासकुमार काश्यपले बताए ।
महोत्सवलाइ अविष्मरिणय बनाउनका लागि बिभिन्न उपसमितिहरु गठन गरेर तयारीलाइ तिब्र बनाईएको बैठक प्रचारप्रसार समितिका संयोजक विमल शर्माले बताएकाछन् । ५ सयभन्दा बढि देशभरका लायन्स लिडर तथा लायन्सकर्मीहरु सहभागिता जनाउनेछन् । बैठक दमकको सुविधा सम्पन्न कन्काइ पार्टी प्यालेसमा हुनेछ ।
स्मारिका कोशेली
यसैबीच बोर्ड बैठकलाइ स्मरणीय बनाउनका लागि आकर्षक स्मारिका पनि प्रकाशन भइरहेको छ । स्मारिका प्रकाशन उप समितिका संयोजक ंगंगादेव चौधारीका अनुसार स्मारिका काम सकिएको छ । स्मारिकामा दमकलाइ चिनाउने प्रयास समेत गरिएको छ ।
यसैबीच लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानका सेक्रेटरी रेवत कार्कीले केहिदिन अघि आएर तयारीको बिषयमा जानकारी लिएका थिए । उनले आवश्यक तयारीको बिषयमा क्लवहरुसंग सहकार्य गर्नका लागि पनि आग्रह गरेका थिए ।



