काठमाडौं । चिकित्सा शिक्षा सुधार मागसहित अनशनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

केसीको उपचारमा खटिएका डा. प्रमेश श्रेष्ठका अनुसार रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको छ । उनलाई अक्सिजनसमेत दिइएको छ । छाती अत्यधिक दुख्ने, सास फेर्न गाह्रो हुने र निदाउन समस्या देखिएको छ । केसी बोल्न नसक्ने अवस्थामा रहेको केसीको रक्तचाप सामान्य रहे पनि मुटुको धड्कन घटेको छ ।

केसीको जीवन रक्षा माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा देशभर रिले अनशन जारी छ । यसैबीच, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो हाताभित्र अनशन, धर्ना र बन्द हडतालजस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

केसीको जीवनरक्षा माग गर्दै अनशन बसेकालाई स्वास्थ्य मन्त्रालयले अनशन नबस्न आग्रह गरे पनि संघमा आबद्ध चिकित्सकले अनशन जारी
राखेका छन्।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले मंगलबार विज्ञप्तिमार्फत बिरामीको उपचारमा असर पर्ने कुनै गतिविधि नगर्न आग्रह गरे ।
१५औं अनशनमा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्नेलगायत मागसहित केसी अनशनरत छन्।

उनले इलाम पुगेर अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मानवअधिकारकर्मीको पहलमा १०औं दिन सरकारले केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो । उनको सोमबारले १६औं अनशनको २२ दिन पुगेको छ । यसैबीच, लोकतन्त्रवादी पेसागत संघसंगठनसँग आबद्ध बुद्धिजीविले केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएका छन् ।

राजधानीमा मंगलबार भएको पेसागत संगठनका बुद्धिजीवी भेलाले केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै माइतीघरमण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रजातान्त्रिक विचार समाज अध्यक्ष डा. केदारनरसिंह केसीले १ बजे माइतीघरमण्डलाबाट प्रदर्शन सुरु हुने र नया“बानेश्वर पुगेर कोणसभामा परिणत हुने जानकारी दिए ।

उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धतासहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, हत्या हिंसा तथा भ्रष्टाचारसहितका मुद्दामा केन्द्रित रहनेछ । नेपाल प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी पेसागत संघ संगठनको सहभागिता रहने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah