भद्रपुर । झापाको अर्जुनधारा र कमलमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

अर्जुनधारा नगरपालिका ९ स्थित मगर टोल जाने भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जार्दै गरेको मे १० प ४२७१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना परी स्कुटी चालक अर्जुनधारा ६ निवासी ३७ बर्षिय घनेन्द्र राई र पछाडी सवार उनकी श्रीमती ३३ बर्षीया लक्ष्मी मगर गम्भिर घाइते भएका थिए । घाइतेमध्ये लक्ष्मीको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा विहीवार बेलुका मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घाइते चालक घनेन्द्रको सोही हस्पिटलमा उपचार भइरहेको उनले बताए ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ सितापुर चोकमा पश्चिमबाट पूर्व तर्फ गइरहेको को २ त ८५४२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परी ट्याक्टरका सहचालक शिवसताक्षी २ निवासी २० बर्षीय सुमन देस्राको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । यता ट्याक्टर चालक कमल ४ निवासी २२ बर्षीय धापे धिमाल फरार भएकोले उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah