दमक /लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वान (325 A1 )को तेश्रो रेगुलर क्याविनेट बैठकको पुर्वसन्ध्यामा शुक्रबार ब्यवस्थापकीय क्लवहरुको संयोजनमा स्मारिका बिमोचन भएको छ । संगम स्वीट्समा एक कार्यक्रमबीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्मारिकाको बिमोचन गरेकाहुन् ।

दमकको परिचय सहित लायन्सको बिषयमा उल्लेख भएको स्मारिका बिमोचनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकी लगायतले बोलेका थिए ।

बैठक आयोजनाको संयोजन गरिरहेको ब्यवस्थापकीय टिमका संयोजक विश्वासकुमार काश्यपले स्वागत गरेका थिए भने स्मारिका प्रकाशनको बारेमा स्मारिका प्रंकाशन समितिका संयोजक गंगादेव चौधरीले जानकारी गराए । कार्यक्रमको सञ्चालन प्रमोद शर्माले गरेका थिए ।

दमकमा लायन्स क्लव अफ दमक इस्टर्न लायन, लखनपुर र स्वीटसिटीको आयोजनामा शनिबार लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानको क्याविनेट बैठक दमकमा हुदैछ ।

यसको सम्पुर्ण तयारी पुरा भएको र लायन्स लिडरहरु दमक आउने क्रम शुक्रबारबाट नै शुरु भएको लायन्स क्लव अफ दमक स्टर्न लायनका अध्यक्ष बिमल शर्माले बताए ।

डिस्ट्रिक गर्भनर अनन्तप्रसाद भेटवाल सहितका देशभरका टप लायन्स लिडरहरु दमक आउने भएपछि यहाँका लायन्सकर्मीहरुले भब्य स्वागतको समेत तयारी गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah