सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल भक्तपुर जिल्ला चाँगुनारयण नगरपालिका-२ बस्ने दिल बहादुर सार्कीबर्मा को छोरा बर्ष १८ वर्षीय म सुप्रिम कलेज सानो थिमी मा कक्षा १२ मा अध्यनरत म सुजन बर्मा बिगत ३ बर्ष देखि युरिन इन्फेक्शन भई अप्रेशन गर्दा गर्दै दुवै मृगौला फेल भइ शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराई रहेको छु ।
सो अस्पतालका मृगौला विभागका डाक्टरको सिफारीस बमोजिम म हाल नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा उपचार गराई रहेको छु ।
मेरो घरमा दिदि र बुबा समेत सुगर, प्रेसर र थाईराईड सम्बन्धि रोगको औषधि सेवन गर्दै रहेको र मेरो आर्थिक अवस्था निकै कमजोर रहेको अवस्थामा मृगौला प्रत्यारोपण गर्ने र गरे पश्चयात पनि ठुलै रकमको औषधि सेवनगर्नुपर्ने भएकाले जीवन रर्क्षाथ र नयाँ जीवनको लागि सहयोग गर्न हार्दिक अपिल गरिन्छ ।
सहयोग गर्न चाहनु हुने महानुभावहरुले नेपाल बैंक जोरपाटी शाखाको खाता नं ०९२०१६०६६१६९२३०००००१ मा सोझै जम्मा गरि दिनुहुन वा मोबाइल नं ९८०३०५७१८५ सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ।



