राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि सहभागि हुने दमक रनको भब्य तयारी
दमक । झापाको दमकमा आँउदो माघ २६ दमक रनको तेश्रो बार्षिकोत्सवको अवसरमा १५ कि.मि. लामो दौड प्रतियोगीता आयोजना हुने भएको छ ।
तीन बर्ष अघि धरानदेखि दमकसम्म ७२ कि.मि. लामो म्याराथनको आयोजनापछि शुरु भएको दमक रनले बर्षेनी दौड प्रतियोगीता गर्दै आएको छ ।
अन्तराष्ट्रिय खेलाडि मिरा राइ र रन्दिप राइको सहभागिताबाट शुरु भएको दमक रनमा यो पटक पनि अन्तराष्ट्रिय खेलाडि बैकुण्ठ मानन्धरपनि सहभागि हुने दमक रनका अध्यक्ष विवश राइले बताउनु भयो ।
विभिन्न उमेर समुहका १५ सयभन्दा बढि मानिसहरु दौडमा सहभागि हुने राइको भनाइ रहेको छ ।
१५ कि.मि. दौडको खुल्ला पुरुषतर्फ प्रथम पुरुस्कार ५० हजार, दोश्रो पुरुस्कार ३० हजार र तेस्रो पुरुस्कार २० हजार राखिएको छ ।
यसैगरी महिलातर्फ प्रथम पुरुस्कार ४० हजार, दोस्रो २५ हजार र तेश्रो १५ हजार पुरुस्कार राशि रहेको सार्वजनिक गरिएको छ ।
यो दौड प्रतियोगितामा पुरुस्कारको राशि पुर्व कै ठुलो हो, राइले भन्नुभयो ।
बिभिन्न उमेर समुहका बेग्लाबेग्लै प्रतियोगिता राखिएको छ । १३ देखि १६ बर्ष उमेर समुहको महिला तथा पुरुष १५ कि.मि. दौड प्रतियोगीताको प्रथम, द्वितिय र तृतिय पुरुस्कार क्रमश १५ हजार १० हजार र ७ हजार रहेको सार्वजनिक गरिएको छ ।
यसैगरी यसैगरी ७ बर्षदेखि १२ बर्षसम्मका महिला तथा पुरुष ५ कि.मि. दौडका लागि प्रथम, द्वितिय र तृतिय पुरुस्कार क्रमश ७ हजार, ५ हजार र ३ हजार पुरुस्कार रहेको छ ।
भेट्रान महिला तथा पुरुष १५ कि.मि दौड प्रतिोगिताका लागि प्रथम, द्वितिय र तृतियका लागि क्रमश ७ हजार, ५ हजार र ३ हजार पुरुस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि करिब २० लाख खर्च हुने अनुमान रहेको दमक रनका अध्यक्ष राइले जनाउनु भयो ।



