दमक /दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सवको तयारी तिब्र भएको छ ।
होटल ब्यवसायी संघ दमकको आयोजनामा फागुन १ गतेदेखि १२ गतेसम्म महोत्सव हुदैछ ।
महोत्सवमा खाद्य परिकार सहित बिभिन्न प्रकारका २ सय स्टल रहने बताइन्छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक सुधिर प्रधानका अनुसार स्टलहरु बुक हुने क्रम तिब्र भएको छ ।
विगत बर्षहरुभन्दा यो बर्ष भब्य रुपमा यो महोत्सव आयोजना हुने पनि उनले बताए ।
होटल ब्यवसायी संघका अध्यक्ष राजन दंगालले यहाँका आदिबासी जनजातीको परिकारलाइ चिनाउने एवं चखाउने देखि लिएर पर्यटकीय सम्भावानालाइ बाहिर ल्याउने महोत्सवको उदेश्य हो ।
महोत्सव रतुवा खोलाको किनारमा लाग्नेछ । वडा नं ७ स्थित दमक उद्योग बाणिज्य संघले गतबर्ष महोत्सव लगाएको स्थलमा नै महोत्सव लाग्ने भएको हो ।



