२५ माघ – सांसद राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा तोकिए भन्दा बढी बजेट गएको भन्दै गुनासो गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिङ्देनले तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत झापाको केचनाकबल गाउँपालिकामा मागे भन्दा १० गुणा बढी बजे गउको भन्दै अचम्मको गुनासो गरेका हुन् ।

झापा – ३ बाट निर्वाचित राप्रपा सांसद लिङदेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिलिङ पठाएर कार्यक्रम मागेको बताए । गाउँपरिषद्ले योजनाहरु छनोट गरेर पठाएको थियो । तर, प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम, जहाँ १० लाख माग गरिएको थियो । मन्त्रालयले १ करोड १० लाख पठाएको भन्दे उनले गुनासो पोखेका हुन् ।

‘हामीले यस्तो किन भयो भनेर मन्त्रीजीलाई सोध्यौं । गापा(गाउँपालिका)ले पनि आफ्नो निर्णय स्मरण गरायो । मन्त्रीज्यूले हेर्छु भन्नुभयो । अहिलेसम्म हेर्नु भएन’ लिङदेनले भने, ‘किन हेर्नु भएन भनेर बुझ्दा कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट भएको रहेछ ।’

उक्त योजनामा १ करोड १० लाख खर्च गर्ने ठाउँ नै नभएको उनको दाबी छ । सांसद लिङदेनले भने, ‘मैले त यो संसदमा संघीयतामा विमती राख्ने म मात्र छु होला, संघीयतालाई व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ । अब संगत गर्नुपर्ला ।’

सांसद लिङदेनले झापा जिल्लामा देशको धेरै बजेट गयो भन्ने प्रचार भएको भन्दै खण्डन गरे । ‘म त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ, जहाँ केन्द्रीय तहबाट नयाँ कार्यक्रमका लागि एक रुपैयाँ पनि गएको छैन’ उनले भने, ‘विगतमा सुरु गरेका बहुबवर्षीय योजनाहरु रोक्ने काम भएको छ ।’

कचनाकबल गाउँपालिका लगायतका क्षेत्रमा सञ्चालित बहुवर्षीय योजनाहरु लथालिंग छोडिदा आवागमनमा समेत असुविधा पुगेको उनले बताए ।

उनले संसदमा आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । सांसद लिङलेनले भने, आवश्यक परे साच्चै अनसन बस्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah