काठमाडौं, माघ २९

प्रधानमन्त्री केपी शर्मा ओलीले केही शक्ति सरकार ढाल्छ कि भन्ने आशमा रहेको बताउनु भएको छ । नेकपामा विवाद छ भनेर हल्ला फिजाई रहेका बेला प्रधानमन्त्री ओलीले यस्तो कुरा बताउनु भएको हो ।

उहाले नौ–नौं महिनामा सरकार फेर्ने बानी भएकाहरु पुन प्रधानमन्त्री ढलिहाल्छ भन्ने सोचमा रहेका बताउनु भयो । नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई तिहाई बहुमतको भएकाले यो ढल्ला भनेर आश नगर्न आग्रह समेत गर्नुभयो । ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ’, उहाको भनाई थियो । उहाले अब राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्न नहुने उल्लेख गर्नुभयो ।

‘बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने, चन्दाका नाममा लुटपाट गर्ने, त्रासको वतावरण सिर्जना गर्ने कामलाई राजनीतिको खोल ‌ओढाएर उम्कन दिँइदैन । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण मान्य हुने छैन ।’ प्रधानमन्त्रीले थप्नुभयो, ‘सुशासन र विकासलाई केन्द्रित गरेर सरकारले काम अगाडि बढाएको छ । हामीले राजनीतक अधिकारको लाडाइ सिध्याएका छौँ। संविधान निर्माणका काम र आधार निर्माण गरिसकेका छौँ। सुशासन र विकासको बाटोबाट हामी साझा उद्येश्यका साथ अगाडि बढ्न लागेका छौँ ।’

कार्यक्रममा उहाले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने समेत बताउनु भयो । प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गर्नुभयो । ‘प्रमोसन हुनका लागि कसैलाई रिझाउनु र कसैकोमा धाउनु पर्दैन । यसअवसरमा म प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई कार्यसम्पादन मूल्यांकन र प्रमोसनका लागि न्यायोचित प्रणाली स्थापना गर्न आग्रह गर्दछु’, उहाले भन्नुभयो । उहाले अबदेखि बढुवाका क्रममा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न समेत निर्देशन दिनुभयो । मातहतकालाई दबाउने र माथिल्लो तहकाको दलाली गर्ने काम बन्द गर्न निर्देशन दिदै प्रहरी संगठन दलाली गर्न नभएर आफू पनि स्वाभिमानसका साथ बाँच्न र अरूको पनि स्वाभिमान साथ बाँच्ने अधिकार सुनिश्चित गर्नकालागि भएको बताउनु भयो ।

नेपाल प्रहरीको तालिम केन्द्र काभ्रेको पनौती सार्नका लागि सरकारले तयारी गरिरहेको प्रधानन्त्रीले जानकारी दिनुभयो । दशौँ वर्ष पहिले नै निर्णय भएको यो विषयमा राष्ट्रपतिको अनावश्यक आलोचना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । आफूलाई चर्चित बनाउन चाहनेहरूले प्रहरी एकेडेमी सार्ने विषयमा अनावश्यक हल्ला गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘हल्ला गर्न रुचाउनेहरूले र आफूलाई खुब सेलिब्रेटी देखाउनका लागि एकेडेमी सार्ने विषयमा अनुचित हल्ला गरे । राष्ट्रपतिले लखेट्न खोजेजस्तो देखाएु, प्रधानमन्त्रीको भनाइ थियो, ‘पूर्वप्रहरी अधिकृतहरूले आफू पदमा भएको बेला त्यै कुरा गर्ने र अहिले यो ठिक भएन भनेर हल्ला गर्नेरु सरकार त्यस्ता कुराहरूसँग सहमत छैन ।जनताटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah