ताप्लेजुङ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर विहीवार साँझ भुकम्प गएको छ ।
कञ्चनजङ्घा र भारतको सिक्किम सिमामा ४.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
उनका अनुसार यो परकम्प नभई भूकम्प हो । यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो ।
विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।



