दमक/झापा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानालाइ आज विहान पत्नी शोक परेको छ ।
अर्जुनधारा ११ निवासी मेयर रानाकी ५९ वर्षीया शान्ती राना मगरको आज शुक्रबार बिहान ९ः३० बजे निजी निवासमै निधन भएको हो ।
राना झण्डै चार वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।उनका दुई भाइ छोराबुहारी र एक बहिनी छोरीज्वाइँ छन् ।
उनको आजै कनकाई नदीमा जातीय परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।




