लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई

नरेन्द्र चुदाली

देशको दु:ख दाइले गाउँदा पर्नु पर्यो पिर।
हार खाएर हुन्न अब जागौ सबै तिर।
लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई ।
देश सेवामा लाग्नु पर्ने सबको होनि धर्म।
तरपनी लाग्छन यहाँ गर्नलाइ कु- कर्म ।
ठोक्नु पर्छ दाइ यहा ठोक्नु पर्छ दाइ , देश लुटेर खानेलाइ मिलि दाजुभाइ।
ठुला ठुला कुरा गर्छन पानी जहाज र रेल।
पाखा वारि बाझै राखी खान्छ्न पोका तेल।
हिसाब हुन्छ दाइ सबको हिसाब हुन्छ दाइ , विकास कैलै हुदैन है कमिशनमा धाइ ।
जनता मरे भ्रष्टचार र चर्को महङ्गिले ।
पिर मर्का बोल्दैछ त्यो गाइने सारङ्गिले।
रोक्नु पर्छ दाइ अब रोक्नुपर्छ दाइ, विदेशतिर भौतारीने हाम्रा दाइभाइ।
बरालिदा नेताहरुका गन्तव्यका चक्का ।
समृद्धिको सपनामा लाग्दोरैछ धक्का ।
धैर्य गरौ दाइ अझै धैर्य गरौ दाइ बनाउनु छ यो देशलाई सबै मिलि भाइ ।
सगरमाथा सम्पदाले लाग्छ कति हर्क ।
दुख लाग्छ देश बिग्रेर बन्न लाग्दा नर्क ।
पर्ख पर्ख दाइ अझै पर्ख पर्ख दाइ , अब धाउनु पर्ने छैन अब साउदी कतार थाइ ।
अर्थ संसार बाट साभार गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah