मधुमल्ला/मोरङको मिक्लाजुङ ९ उर्लाबारी –मधुमल्ला सडक खण्डको मधुमल्ला बाजरमा आइतबार साझ ट्यक्टर दुर्घटनामा परि एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुुङ ९ मधुमल्ला बाजार विनसी ३२ बर्षिया माया तामाङ भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेक बहादुर श्रेष्ठले बताउनु भयो ।
आइतबार साझा ७ः२० तिर दक्षिण बाट उत्तर तर्फ आउँदै गरेको कोे.२.त ६६५० नं.को ट्यक्टरले ठक्कर दिँदा महिलाको घटना स्थलमै मृत्यु भएको बताइएको छ । हाल घटना स्थल बाट मृतको सबलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाईको छ ।

दुर्घटना स्थल बाट इलाका प्रहरी कार्यालय मधुमल्लाको दुरी करिब एक सय मिटरमा रहेको छ । गाडीका चालक फरार भएको र गडीलाई भने प्रहरीले नियन्त्रणमा लिएको इप्रका मधुमल्लाले जनाएको छ ।मधुमल्लाअनलाइन



