झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएको हो ।

समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विभिन्न मुलुकका १०० भन्दा बढी सन्तमहात्मा आउनुका साथै झापामा एक लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याइने नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सामाजिक सद्भाव, आध्यात्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि समितिले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम गर्दै आएको र यसपटक झापामा गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

समारोहमा मानव धर्मका प्रणेता सद्गुरु श्री सतपाल महाराजबाट आर्शिवचन प्रदान हुनेछ । उद्घाटन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सिक्किम विधानसभाका सभामुख केएन राईलगायत आउनुहुने आयोजकले जनाएको छ ।

स्थानीय कला र संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकीसमेत प्रस्तुत गरिने भएको छ । “भौतिक सम्पत्तिले मावन जीवनमा शान्ति प्राप्त गर्न नसकिने भएकाले संस्कारको विकास गर्न र शान्ति प्राप्त गर्ने मार्ग देखाउन कार्यक्रमको आयोजना गर्न लागिएको हो”, अध्यक्ष पौडेलले भन्नुभयो, “मानिसको वास्तविक धर्मलाई मानव धर्मले सत्मार्ग प्रदान गर्छ ।”

कार्यक्रममा मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनालले समारोहले झापाको धार्मिक गतिविधिलाई विश्वमाझ परिचित गराउन सहयोग मिल्ने बताउनुभयो ।
भक्तजनलाई निःशुल्क भोजनको व्यवस्था गरिएको समारोहमा करीब रु ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । समारोहमा धार्मिक पुस्तक, आयुर्वेदिक औषधिलगायतका कक्ष राखिने समितिका सचिव इन्द्र प्रधानले जानकारी दिनुभयो ।

यसअघि काठमाडौैँ, विराटनगर, जनकपुर, बुटवल, चितवन, हेटौँडा, नेपालगञ्ज र महेन्द्रनगरमा यसप्रकारको समारोह सम्पन्न भइसकेको मिडिया संयोजक शम्शेर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah