काठमाडौ, १३ फागुन– केही दिनयता सञ्चारमाध्यममा मन्त्री फेरिदैं शिर्षकमा विनाआधारका समाचारहरु सम्प्रेषण हुन थालेका छन् । मन्त्री हेरफेरको कुनै तयारी नभएको सरकारले पटक पटक उदघोष गरेपनि मन्त्री फेरिदै छन् भन्दै दुइैचार जना मन्त्रीको नामै किटान गरि समाचार आउन थालेका छन् ।

मन्त्रीले राजिनामा दिदै या प्रधानमन्त्रीले हटाउदै भन्दै प्रभावशाली मन्त्रीहरुको नाम वारम्बार प्रयोग गरिएको छ । राजिनामाको हल्ला फैलाउनेको सुचीमा गृहमन्त्री रामवहादुर थापा बादल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, श्रममन्त्री गोकर्ण विष्ट, भौतिक तथा योजनामन्त्री रघुवीर महासेठ, सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, अर्थमन्त्री डा.युवराज खतिवडाको नामलाइ सुनियोजित ढंगले प्रयोग गरिएको छ ।

अझ सोमबार त दिनभरि जसो नै अर्थमन्त्रीले राजिनामा दिदै शिर्षकमा भ्रमपुर्ण समाचारले प्राथमिकता पाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले राजिनामा दिने भन्ने हल्ला नजिकिदै गएको लगानी सम्मेलन भाड्ने योजनाबद्ध षडयन्त्र भएको स्रोतले बताएको छ ।

सरकारले चैतको अन्तिम सातामा दोस्रो लगानी सम्ममेलनको आयोजना गदै छ । सम्मेलनको तयारीमा जुटनुभएका अर्थमन्त्रीलाई राजिनामा दिदै छन् भन्दै निरुसाहीत गर्ने, विकास र समृद्धिमा अवरोध पुरयाउने तत्वहरुले हल्ला चलाएको स्रोतको दाबि छ । अर्थमन्त्रीलाई कमजोर पार्ने निधारा हल्ला हो, यसमा कुनै सत्यता नभएको अर्थमन्त्रीका सहयोगीले बताएका छन ।

उहाँले लगानी सम्मेलन भाड्ने र विकास बिरोधीहरुले चलाएको षडयन्त्र भएकाले यस्तो भ्रममा नपर्ने आग्रह गर्नुभयो । पछिल्लो समय अर्थमन्त्रीले राजस्व प्रशासनमा कडाई गरेपछि केही बिज्ञापन एजेन्सीका मालिकसमेत अर्थमन्त्री खतिवडाबिरुद्ध सुनियोजित रुपमा राजीनामा दिने, हटाउने जस्ता अफवाह फैलाउन लागिपरेका छन् । आन्तरिक राजस्व कार्यालयले बिज्ञापन एजेन्सीमाथि समेत कर छलीबारे अनुसन्धान अघि बढाएपछि उनीहरु अर्थमन्त्रीबिरुद्ध खनिएका हुन । चक्रपथ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah