मुटुको धड्कन बढेपछि बिहीबार साँझ अस्पताल भर्ना भएका उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनको अवस्था सामान्य छ ।
पुलचोकस्थित निवासमा बसिरहेका बेला एक्कासि मुटुको धड्कन बढेपछि पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । मन्त्री पुनलाई सिसियूमा राखेर उपचार गराइएको छ । उनको उपचारमा मुटुरोग विशेषज्ञ यादव भट्ट सक्रिय छन् ।
पुनको अवस्था अहिले सामान्य रहेको उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । ‘अहिले उहाँलाई सजिलो महसुस भएको छ’, घर्तीले काठमाण्डुटुडेसँग भनिन्, ‘आत्तिनुपर्ने अवस्था होइन ।’
यसैबीच पुनलाई प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमप दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायतले अस्पताल पुगेर भेट्नुको साथै स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।



