काठमाण्डु, १९ फागुन – उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई छोरीहरुले दागबत्ती दिएका छन् ।
स्व. अधिकारीका तीन जना छोरी छन् । छोरीहरु लुना, लिमा र लिजाले बुवालाई दागबत्ती दिएका हुन् ।
आइतबार बिहान श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट पशुपति आर्यघाट लगिएको थियो । आर्यघाट पुर्याइएको अधिकारीको शव तीन जना छोरीहरुले बोकेका थिए ।
नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।




