दमक/झापाको दमकमा रहेर लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कृयाशिल रहेका पुराना एवं अनुभवी डा.सुर्यनारायण शाह सम्मानित भएकाछन् । नेपाल चिकित्सक संघ मेचीले डा. शाहलाइ योगदानको कदर गर्दै सम्मानित गरेको हो । संघ स्थापना भएको ६९ औ बर्ष पुगेको अवसरमा भएको कार्यक्रममा शाहलाइ सम्मान गरिएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र संघका अध्यक्ष डा.सीपि यादवले दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गर्दै उनलाइ सम्मानीत गरेका थिए । शाहले सम्मानप्रति आभार प्रकट गर्दै सेवाको क्षेत्रमा अझ थप उर्जाशिल भएर काम गर्न यसले उत्साह थपेको बताएका थिए । शाह दमकको लाइफलाइन अस्पताल, उर्लाबारीको गोदवारी अस्पताल र सरकारी दमक अस्पतालसंग आवद्धछन् ।

डा.पीताम्बर ठाकुर

डा.सुर्यनारायण शाह
यसैगरी झापाका अर्का पुराना एवं अनुभवी डा. मेची अञ्चल अस्पतालका डा. पीताम्बर ठाकुर पनि सम्मानित भएकाछन् । उनले स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ । संघले झापाको बिर्तामोडमा एक भब्य कार्यक्रम गरेका थियो । कार्यक्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा संघका अध्यक्ष यादवले आफुहरुलाइ काम गर्न समस्या रहेको बताएका थिए । त्रास सहित काम गर्नु परेको भन्दै त्रासमुक्त वातवरणमा काम गर्ने अवस्था सिर्जना गर्न माग गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दाहालले आफुहरु अस्पताल र चिकित्सकलाइ सुरक्षा दिन तयार रहेको बताउदै केहि समस्याहरु भए आएर छलफल गर्न अनुरोध गरे । आफु सधै यसका लागि तयार रहेको बताए ।




