दमक/पुर्वमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको र नयाँनयाँ योजना ल्याएर ग्राहकलाइ आकर्षित गर्दै आएको कामना सेवा विकास बैकले झापामा पहिलो पटक दमकमा आफ्नो शाखा खोलेको छ । यसपछि बिर्तामोडमा समेत शाखा खोल्दैछ ।
दमक ६ पुरानो शब्जि बजार एवं सिग्देल सुपरमार्केट नजिकै कार्यालय सञ्चालनमा आएको हो ।
बैका सञ्चालक भीम तुलाचन र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा सहितको उपस्थितिमा बैकले सोमबारदेखि कारोबार शुरु गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैकले ग्राहकको सेवालाइ मुख्य केन्द्रबिन्दु बनाएको र आफुहरुलाइ लगानीका लागि कुनै समस्या नरहेको जनाए ।
उनले आफुहरुको निक्षेप १८ अरबको हाराहारीमा रहेको पनि जानकारी दिए ।
बैकको लगानी १७ अरबको हाराहारीमा रहेको जनाउदै अहिले पनि कम्तिमा पनि १ अरब लगानी गर्न सक्ने उनले जनाए ।
हामी ग्राहकलाइ सहज सेवा दिन्छौ र दुख दिदैनौ, उनले प्रतिबद्धता गरे ।
दमकमा खुलेको देशभरमा ६९ औ शाखा हो । मंगलवार बिर्तामोडमा ७० औ शाखा खुल्ने बैकका एक नम्बर प्रदेश प्रमुख सुजन छराहाङ राईले बताए ।
राइ पुर्वमा बैकमा लामो समय काम गरेका अनुभवी ब्याक्ति हुन् ।
पुर्व सहित देशभर यो आर्थिक बर्षमा यस बैकले १ सय वटा शाखा पुर्याउने लक्ष्य लिएको बताईएको छ ।
१ नम्बर प्रदेशमा सेवा र ग्राहकको सन्तुष्टिमा हामी १ नम्बर बनाउछौ, राइले भने ।




