दमक/होली पर्वमा कानून बिपरीत काम गर्ने कसैलाइ नछाड्ने इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बाताएकाछन् । उनले कानून बिपरीत गर्नेलाइ पक्राउ गर्ने जनाउदै दबाब दिनका लागि नआउन आग्रह गरे ।
चाडपवर्व हर्सउल्लासका साथ मनाउन सुरक्षा ब्यवस्था कडा बनाउने जनाउदै संयमित बनेर पर्वलाइ मनाउन उनको आग्रह थियो । चाडपर्व भन्ने बित्तिकै प्रहरी धेरै खटाउनु पर्ने, कडा सुरक्षा ब्यवस्था बनाउनु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने उनको भनाइ थियो ।
हेल्मेट नलगाइ सवारी कुदाउने, तीनजना चढ्ने, मदिरा तथा लठ्ठ्याउने कुरा खाने, डिजे लगाएर ध्वनी प्रदुषण गर्नेजस्ता कार्यहरुलाई निरुत्साहित गरिने पनि उनले जनाएकाछन् ।
दमकका संवेदनशिल क्षेत्र र बढि जनमानस उपस्थित हुने ठाँउहरुमा पर्याप्त प्रहरी परिचालन गरिने उनको भनाइ रहेको थियो । जबरजस्ति रंग दल्ने तथा अन्य हिसावले मर्यादामा खलल ल्याउने खोजिए पक्राउ गरेर कानून बमोजिम कार्वाही गरिने उनको चेतावनी छ ।




