दमक/झापामा ट्राफिक प्रहरीले १ सयभन्दा बढिमोटरसाइकल नियण्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीक अनुसार जिल्लाका बिभिन्न ठाँउहरुबाट यि संख्यामा मोटरसाइकल नियण्त्रणमा लिईएको हो ।
दिउसो २ बजेसम्ममा १ सय १० वटा मोटरसाइकल नियण्त्रणमा लिईएको र यो क्रम जारी रहेको अधिकारीले जनाए ।
ट्राफिक नियम पालना नगर्ने र जोखिमयुक्त तरिकाले कुदाएका मोटरसाइकलहरु नियण्त्रणमा लिईएको र बेलुकामात्र छाडिने अधिकारीले बताएकाछन् ।




