दमक/झापाको दमक नगरपालिकाको प्रशासनिक कार्यका लागि नयाँ भवन प्रयोगमा ल्याउने भएको छ ।
पुरानो नजिकै नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
करिब ४ करोडको लागतमा बनेको भवनबाट औपचारिक रुपमा आँउदो १७ गतेदेखि काम शुरु हुने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
ओलीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नयाँ भवनको उद्घाटन गर्ने कार्यक्रम निश्चित बनेको छ ।
प्रधानमन्त्री ओलीले नै यसको शिलन्यास समेत गरेका थिए ।
नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित हाल नगरपालिकाको प्रशानिक भवनमा रहेका शाखाहरु नयाँ भवनमा सर्नेछन् ।
प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार उद्घाटनको तयारीसंगै केहि शाखाहरुले नयाँ भवनबाट आँशिक रुपमा काम शुरु गरेकाछन् ।




