दमक/डा. स्वामी विकासानन्द झापाको दमक आउने भएकाछन् ।

दमक पब्लिक लाइब्रेरीले सञ्चालन गर्दै आएको उद्यमशिल बहसमा सहभागि हुन विकासनन्द आउने निश्चित बनेको बताईएको छ ।

लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेका अनुसार २५ गते सोमबार गोर्खा डिर्पाटमेन्ट स्टोरका हलमा कार्यक्रम हुने तय भएको छ ।

मनोक्रान्तिमा नयाँ आयाम ल्याएका उनका नेपालमा धेरै अनुयायी रहेकाछन् ।

को हुन डा.स्वामी विकासानन्द ?

डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन्। उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन्। उनको जन्म बि. सं. २०१८ असार २ गते भएको हो,र उनलाई क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनाल सहितको नाबालक अवस्थामा बेवारिसे फेला पारिएको हो ।

उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए । ६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ ।

उनका एक छोरा र एक छोरी छन् र वहाँलाई पाल्ने आमाको निधन भएको छ । संसार बदल्नु छ भने शुरूवाद अाफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाकाे जागरण गराउने हुनाले विकासानन्दलार्इ उत्प्रेरक पनि मानिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah