इलाम । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहीबार इलाममा पुगेका छन् उनलाई स्थानियले भव्य स्वागत गरेका छन् । निजी धार्मिक भ्रमणका नाममा जिल्ला आएका शाहलाई उनका समर्थकहरुले स्वागत गरेका छन् ।
पाँचथर भ्रमण सकेर इलाम आएका शाहको स्वागतका लागि राजावादीहरुले विहानैदेखि नै तयारी गरेका थिए । लामो समयको प्रतिक्षापछि लामबद्ध भएर पूर्व राजा शाहलाई फुलगुच्छा दिएर स्वागत गरेका थिए । विभिन्न साँस्कृतिक झाँकी र नारा जुलुससहित शाहको स्वागत गरिएको थियो । उनका समर्थकले चर्का नारा लगाउँदै स्वागत गरेका थिए । उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘मेची काली के भन्छ ज्ञानेन्द्र राजा चाहियो भन्छ’, ‘नेपाली जनता के भन्छन राजसंस्था ले भन्छन’ जस्ता नारा लगाएका थिए ।
राजसंस्था हटेको दशक वितिसके पनि पूर्व राजा इलाम आउँदा तत्कालिन राजाकै झल्को पाईयो । सर्वसाधारणको उपस्थितिदेखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको दिएको थियो । शाहको स्वागतका लागि जिल्लाका विभिन्न गाउँगाउँबाट उपस्थित भएका थिए । बालबालिकादेखि वृद्धवृद्धा समेत सहभागी थिए । सदरमुकामको नविनचोकदेखि माइस्थान मन्दिरसम्म पैदल पुगेका थिए । माईस्थान मन्दिरको दर्शन गरी करिब २० मिनेट पूजापाठ समेत गरेका छन् । शाह सक्रिय राजतन्त्रात्मक व्यवस्था भएका बेला नागरिक अभिनन्दनका नाममा इलाम आएका थिए ।
शाहको पूर्वी पहाडी क्षेत्रको भ्रमणलाई महत्वका साथ हेरिएको छ । शाहको भ्रमण नीजि धार्मिक भनिए पनि त्यो राजनीतिक हिसावमा चलखेल हुन सक्ने अनुमान गरिन्छ । राप्रापाका नेता कार्यकर्ताहरुको सक्रियातामा भएको भ्रमणलाई अर्थपूर्ण रुपम लिएको छ । शाह नीजि भ्रमणका नाममा इलाम आउने भएपछि राजावादीहरुले उनको स्वागतको लागि स्वागत समिति नै बनाएका थिए ।
पूर्व राजाको भ्रमणका लागि राखिएको स्वागत व्यानरले राजतन्त्रकै आभास दिलाएको थियो । शाहले दर्शन र पूजापाठ गर्ने माइस्थान मन्दिरको प्रवेशद्वारमा ‘श्री ५ वडामहाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार’ लेखिएको थियो ।
यस्तो ब्यानरले देश अहिलेपनि राजतन्त्रात्मक नै रहेको देखउँछ । गणतन्त्रात्मक मुलुकमा राजतन्त्रकै व्यानर राखेको भएपनि प्रशासन भने मुकदर्शक भएर बसेको छ ।राजधानीबाट




