टीका बन्धन, काठमाडौं । गत साता मध्य तराईको बारा र पर्सामा क्षणभरमा जनधनको क्षति पु¥याउने शक्तिशाली आँधी ‘टोर्नेडो’ भएको स्थलगत अध्ययनले देखाएको छ । जल तथा मौसम विज्ञान विभागका मौममविद् संलग्न टोलीको अध्ययनले त्यस्तो ठहर गरेको हो ।

विभागकी बरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठ नेतृत्वको टोलीले ५ दिनसम्म गरेको स्थलगत अध्ययनले यस्तो ठहर गरेको हो । अध्ययनको विस्तृत पक्ष केलाउन अझै बाँकी रहेको बताउँदै श्रेष्ठले  भन्नुभयो–‘स्याटेलाईट तस्वीर नियाल्दा, आँधी प्रभावित क्षेत्रका बासिन्दाको अनुभव र स्थानीय प्रशासनले दिएको राय सुझावलाई नियाल्दा आँधी निकै शसक्त रहेको हाम्रो ठहर छ ।’

बिदेशमा भएका यस्ता घटनाक्रमलाई पनि अध्ययनको आधार मानिएको उहांले जानकारी दिनुभयो ।टोली आइतवार काठमाडौं फर्किएको छ ।
अध्ययन टोलीमा अर्का बरिष्ठ मौसमविद् सुजन सुवेदी र मौसमविद् गोविन्द झा संलग्न हुनुहुन्थ्यो । बारा र पर्सामा क्षति पु¥याउने आँधीको गति १ सय देखि १ सय ५० किलोमिटर प्रति घन्टा रहेको विभागको अनुमान छ । तर स्थलगत टोलीले हावा के कति शसक्त थियो भन्ने निष्कर्ष सुक्ष्म विश्लेषणपछि मात्रै सार्वजनिक गर्न मिल्ने बताइएको छ । टोर्नेडो छोटो समय अवधिभित्रै स्थानीयस्तरमा विकसित हुने हावाहुरीको शक्तिशाली स्वरुप हो ।

टोर्नेडो भुमरी पर्ने शक्तिशाली वायु हात्तिको सुढजस्तो आकारमा विकसित हुने मौसमविद् बताउँछन् । यस्तो मौसमी गतिविधिलाई अमेरिकामा टोर्नेडो र ट्वीस्टरका रुपमा बुझ्ने गरिएपनि अन्य मुलुकमा फरक शब्दमा बुझ्ने र बताउने गरिएको मौसमविद् सुवेदी बताउनुहुन्छ । ‘तराईको प्रभावलाई हामीले ‘सिभियर’ हो या ‘फ्यूनरल क्याउड’ अथवा ‘टोर्नेडो’ हो होइन भनेर अध्ययन ग¥यौ, प्रारम्भिक अध्ययनले टोर्नेडो हो भन्ने ठहर गरेका छौ’–उहाँले भन्नुभयो ।

तातो र ओसिलो हावाको सम्मिश्रणबाट क्षणभरमा हावाहुरी शक्तिशाली बन्ने विज्ञहरु बताउँछन् । आधीको सशक्त स्वरुप समुद्र वा पानी भित्र विकसित भएमा विज्ञहरु त्यस्तो गतिविधीलाइ ‘वाटर स्पउट’का रुपमा बुझ्ने गर्छन् ।
गत साता भारतको मध्यप्रदेश, छत्तिसगढ र आसपासमा विकास भएको न्यूनचापिय प्रणाली र नेपालभित्रै विकसित भएको स्थानीय वायुको दोहोरो प्रभावले तराईको हावाहुरी क्षणभरमै शक्तिशाली स्वरुपमा बदलिएको थियो ।

गत आइतवार अपरान्ह्र पोखरा र आसपासका भेगमा विकास भएको स्थानीय वायु साँझ परेपछि तीब्रगतिमा पूर्वतर्फ बहदा र भारत हुँदै नेपाल भित्रिएको वायुको दोहोरो समिश्रणले सो दुर्घटना भएको विभागको ठहर छ । मौसम पूर्वानुमानका लागि जडान भएका सतही स्टेसन र मौसमी रेडारले समेत यस्तो सूचनाको पूर्वानुमान गर्न नसक्ने बताइन्छ ।नेपाल समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah