लायन्स क्लव अफ दमक गोल्डको सहयोग
दमक /झापाको दमक ३ का कुपीको आगो सल्केर गम्भिर घाइते भएका बालक हस्पतालको बेडमा हाँस्न र खेल्न थालेकाछन् । कुपीको आगो सल्केर शरिरको २० प्रतिशतभन्दा बढि भाग डढेका बालकको दमकस्थित लाइफलाइनमा उपचार भइरहेको छ ।
डा. समिर भट्टराइ, डा. रजनिश मिश्र लगायतको टोलीले उनको उपचार गरिरेको छ । यि बालक स्थानीय मानबहादुर र ममता भुजेलका छोरा हुन् ।
सरकारी दमक अस्पतालमा समेत कार्यरत रहेका लाइफ लाइन अस्पतालका सञ्चालक डा. सुर्यनारायण शाहले विरामीको अवस्था र गरिबीको पीडा सुनेपछि यहि उपचार गर्न सकिन्छ भनेर ढाडस दिएका थिए ।
छोराको स्वास्थ्यमा सुधार आएपछि आमा ममता भुजेलले खुसि प्रकट गरिन । दमक नगरपालिकाको आग्रहमा अस्पतालले उपचारमा पैसा लिएको छैन । उपचार निशुल्क गरिएको अस्पतालका प्रशासक सिम्रिक गिरीले बताए ।

लायन्स क्लव अफ दमक गोल्डको सहयोग
लायन्स क्लव अफ दमक गोल्डले यो परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । अस्पतालमा नै बिमा स्वयंसेवक बोलाएर बिमा गरिदिएको गोल्डका अध्यक्ष काशी खातीले बताए । बालकलाइ थप पछि देखाउन समस्या नहोस भनेर बिमा गरिदिएका हौ, उनले भने ।
सचिब नबिन ताम्राकार सहित क्लवको टोली गएर बालकको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेकाछन् । बालक र कुरुवालाइ यहाँ बस्दा खान लाग्ने खर्च बेहोर्ने खातीले जनाए ।
केहि दिन आँउदा बच्चाको अवस्था देख्दा आफु गम्भिर भएको जनाउदै अहिले आएको सुधार देख्दा खुसि लागेको पनि उनले सुनाए । बालकलाइ आवश्यक खानेकुराको कमी हुन नदिने र यस अवस्थामा चिकित्सकको सल्लाह बमोजिम खानु पर्ने सबै खानेकुरा खानका लागि हामी ब्यवस्था गरिदिन्छौ, उनले भने ।
अर्काको मजदुरी गरेर परिवार पाल्दै आएको भुजेल परिवामा बिहानबेलुका छाक टार्न मुश्किल रहेको छ । ताम्राकारले परिवारको अवस्था बुझेर बालकको केयरमा कमी नहोस भनेर उनिहरुले खाएको खर्च बेहोर्ने प्रतिबद्धता जनाएको बताए ।




