दमक/नवबर्ष २०७६ सालको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नामममा सम्बोधन गर्ने भएकाछन् । भोलि २०७६ बैसाख १ गते बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले केहि नयाँ योजनाहरु सार्वजनिक गर्न सक्ने समेत बताईएको छ । बिशेषत नयाँ बर्षको शुभकामना रहने र त्यसमा पनि नेपाली जनताका लागि केहि खुसिका कार्यक्रम ल्याउन सक्नेृ सचिवालयले जनाएको छ ।




