काठमाडौं, ३ बैसाख । आज पश्चिमी तथा मध्य तराईका कतिपय स्थानमा हुरी बतासको सम्भावना रहेको जनाइएको छ ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज एक बुलेटिन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । आज दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज पश्चिम तराईका दाङ, रुपन्देही, कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनले भने, ‘‘डाउन विन्ड ब्रस्ट हुने सम्भावनाका कारण त्यस्तो अवस्था देखिएको हो ।’ उनका अनुसार आज पश्चिम तराईमा त्यस्तो सम्भावना छ भने भोलि बिहीबार पूर्वी तराईका जिल्लामा त्यस्तै अवस्था छ ।
‘तर, धेरै आत्तिनुपर्ने अवस्था होइन । सामान्य भन्दा अलि बढी आउने सम्भावना हो’, उनको भनाई थियो ।

आज राति पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने तथा चट्याङ र मेघ गर्जनसहित असिना पानीको सम्भावना रहेको समेत महाशाखाको बुलेटिनमा उल्लेख छ । यसैगरी भोलि बुधबार पनि असिना पानीसहितको हावाहुरीको सम्भावना रहेको र विहीबार मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah