काठमाडौं।मानिसको चालचलन व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हो उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा थाहा पाउनुहोस ।

आइतबार-आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।तपाई अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।तपाई निकै संवेदनशिल हुने भएका कारण कसैले भनको कुरालाई धेरै दिनसम्म लिइरहनु हुन्छ ।तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा तपाईको राम्रो हुनेछ ।तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।तपाई सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

सोमबार-सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।मंगलबार-मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन ,उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार-बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।तपाईलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।

सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न ।

कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार-बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।

तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।

तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् ।उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।

बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । शुक्रबार-शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।

तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ । शनिबार-शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।

तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ ।तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।तपाई पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न।तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।

तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।तपाई जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah