एजेन्सी । हिन्दू धर्ममा कैयांै प्रकारका धार्मिक तौरतरिका छन्, जसको हाम्रो जीवनमा गहिरो महत्व छ। कतिपय यस्ता कार्यका पछाडि वैज्ञानिक कारण पनि छन् । प्राचीन परम्पराहरु हाम्रो स्वास्थ्य राम्रो बनाउन बनाइएको पाइन्छ । यस्तै एक परम्परा हो शंख बजाउनु । हिन्दू धर्ममा शंखको महत्वपूर्ण स्थान छ। शंख राख्दा नकारात्मक उर्जा आउँदैंन र नराम्रो शक्ति टाढा भाग्छ । आयुर्वेदमा शंख निकै लाभदायी मानिन्छ । शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको स्वतः अभ्यास हुन्छ । जानौं शंख बजाउनाका फाइदा : फोक्सोका लागि फाइदाजनक

शंख बजाउँदा फोक्सोको राम्रो अभ्यास हुन्छ । यदि श्वासका रोगी नियमित रुपमा शंख बजाउँछन् भने यसको पूर्णतः निर्मूृल हुन्छ । शंख बजाउनाले अनुहार, श्वासतन्त्र, श्रवण तन्त्र तथा फोक्सोको अभ्यास हुन्छ । स्मरणशक्ति पनि बढ्छ।

छाला र हड्डीको हेरविचार – शंख छालाका लागि पनि फाइदाजनक हुन्छ । रातको समयमा शंखमा पानी भरेर राख्ने र बिहान उठेर त्यो पानीले शरीरमा मसाज गर्ने हो भने छालासम्बन्धी रोग जस्तै, एलर्जी, सेतो दाग, विविरा आदि निको हुन्छ। शंखमा प्राकृतिक रुपमा क्याल्सियम, गन्धक, फस्फोरस भरपूरमात्रामा हुन्छ । यसका कारण शंखमा राखिएको पानीको सेवनले हड्डी पनि मजबूत हुन्छ । यो दाँतका लागि पनि लाभदायी हुन्छ।

आँखाका लागि गुणकारी – सुख्खा हुने, सुन्निने, संक्रमणजस्ता आँखाको समस्याको समाधानका लागि पनि शंखको उपचारबाट ठीक हुन्छ । यस्ता समस्या हुनेबित्तिकै शंखमा राखिएको पानीलाई हातमा राखेर समस्या भएको आँखा डुबाउने हो भने समाधान हुन्छ र यसका अलावा आँखाको ज्योति बढाउन रातभर शंखमा राखिएको पानीमा उत्तिकै मात्रामा साधारण पानी मिसाउने र आँखा धुनुपर्छ।

हृदयाघातको सम्भावना कम – शंखमा रातभर रााखिएको पानीमा गुलाब जल मिसाएर कपाल धुने हो भने प्राकृतिक रंग आउछ । यो पानीले आँखीभौं, दा¥ही र जुंगा पनि धुन सकिन्छ । यसले रौंमा मुलायमपन आउँछ । शंख बजाउनाले फोक्सोको प्रदूषित हावा बाहिर निस्कन्छ र शरीरले शक्ति प्राप्त गर्छ । प्रतिदिन यस्तो गर्नाले शरीर शक्तिशाली बन्छ र काम गर्ने उर्जा प्राप्त हुन्छ । यसका अलावा शंखको ध्वनी निरन्तर सुन्नु हृदयरोगीका लागि लाभदायी हुन्छ । यसको प्रभावले हृदयाघात हुने सम्भावना कम हुन्छ। स्वास्थ्यखबर पत्रिकामा खबर छ ।

मलद्वार र प्रोस्टेटका लागि फाइदाजनक – शंख बजाउँदा यसको सिधा असर मलद्वार र प्रोस्टेटमा पर्छ । मलद्वारको मांसपेशी मजबूत हुन्छ भने पायल्सलगायतका सानातिना रोग नजिकै पर्दैन । यस्तै यसको असर पुरुषको प्रोस्टेट क्षेत्रमा पर्छ । नियमित शंख बजाउनाले प्रोस्टेटसम्बन्धी रोग लाग्न पाउँदैंन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah