विष्णुप्रसाद पोखरेल
दमक । बुधबार विहान नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले गरेको पत्रकार सम्मेलन भइरहेका समयमा शरिरमा घाँउको चोट प्रष्ट देखिने एउटा कालो कुकुर रेडक्रसका पदाधिकारीहरु तर्फ गयो । उपशाखा सभापति प्रकाश बुढाथोकी, निवर्तमान सभापति लीला गुरागाइ र पुर्व सभापति मानबहादुर बुढाथोकीको छेउमा पुगेपछि पालोपालो गरेर सबैले त्यहाँ सुम्सुम्याएका थिए र त्यसपछि त्यो कुकुर त्यहि थुचुक्क बस्यो ।

यो कुकुरको नाम ‘काले’ भएको र यो रेडक्रसको बिगत १० बर्षदेखिको कर्मचारीको हैसियतमा रहेको उपशाखा सभापति प्रकाश बुढाथोकीले बताउनु भयो । यो हाम्रो कर्मचारी हो र यसलाइ कर्मचारीको हैसियत दिईएको छ, उहाँले भन्नुभयो ।

रेडक्रसको क्यान्टिनमा खानपीन नुहाइधुवाइको ब्यवस्था गरिएको समेत उहाँको भनाइ छ । अहिले पनि मासिक १५ सय रुपिया यो कुकुरलाइ हामीले रेडक्रसमार्फत बजेट (तलव) ब्यवस्थापन गरेका छौ, बुढाथोकीले जानकारी दिनु भयो ।

कुकुरलाइ तलव तथा खान्कीको ब्यवस्था गर्ने निर्णय १० बर्ष अघि सभापति भएको अवस्थामा मानवबहादुर बुढाथोकीले गर्नु भएको थियो । उहाँले त्यो समयमा बैठकको पहिलो एजेण्डा बनाएर आफुले यो निर्णय गराएको बताउनु भयो । मैले बैठकमा पहिलो प्रस्ताव यसलाइ राखे र सबैले यसलाइ हार्दिकताका साथ पास गराउनु भयो, उहाँले भन्नुभयो । त्यो समय दैनिक १ हजार दिने निर्णय भएको उहाँको भनाइ छ ।

१० बर्ष अघि सम्झदै उहाँले घाइते अवस्थामा आएको यो कुकुरलाइ खेदाउन खोज्दा अटेर गरेर यहि बसेको र पशु चिकित्सक बोलाएर उपचार गरेपछि ठिक हुँदै गएपछि आजसम्म यो रेडक्रसको परिसरभन्दा कहिल्यै बाहिर नगएको बुढाथोकीले जनाउनु भयो । यसले यहाँ सहारा पाइन्छ भनेर आएको हुनुपर्छ र त्यो सहारा दिनु कर्तब्य ठानेर सहारा दिएका हौ, उहाँले भन्नुभयो ।

रेडक्रसको सभापति तथा पदाधिकारीहरुप्रति यो धेरै बफदार हुने गरेको जनाईएको छ । रेडक्रसका उपसभापति हिमालय प्रसाद दाहालका अनुसार सभापतिको सवारीसाधन अरुले छोएको अवस्थामा यो झम्टेर जाने गरेको छ । सभापतिसंग कसैले साहे बोल्यो वा सवारी साधन गएर छोयो भने यो सिधै झम्टन्छ, उहाँले भन्नुभयो । यसले यहाँ आइरहने सबैलाइ चिन्ने गरेको र आउनसाथ छेउमा आएर छोएर स्वागत गर्ने गरेको समेत उहाँको भनाइ रहेको छ ।

कुकुरको रेखदेख गर्दै आउनु भएका तुलसीराम पौड्यालका अनुसार यसलाइ नियमित रुपमा सरसफाइ गरिने गरेको छ । मान्छेले जे खाने गरेको छ त्यहि नै समय मिलाएर ख्वाउने गरेको पनि उहाँले बताउनु भयो । विरामी भएको अवस्थामा र समयसमयमा जाँचका लागि पशु चिकित्सक समेत आउने गरेको उहाँले जानकारी दिनु भयो ।

हामीले भनेको कुरा सबै बुझ्छ र आदेश समेत पालना गर्छ, उहाँले भन्नुभयो । रेडक्रसको मुख्य भवन अगाडि यसका लागि बासस्थान समेत बनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah