भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाको गाडीले ठक्कर दिँदा झापामा एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर नागी ६ घर भई हाल कनकाई नगरपालिका १ कालीमोडामा डेरा गरी बस्ने ४० बर्षीय उमेश हिङमाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गमा अन्तरगत पूर्व तर्फ जादै गरेको जिल्ला प्रशासन कार्यालय झापाको निलो रङको सरकारी नम्बर प्लेट भएको ६६–१–०४१४ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भिर घाइते भएका हिङमाङको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा विहीवार राती मृत्यु भएको प्रहरीले जनाएको छ । यता गाडीसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah