महामानव गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे । बुद्धलाई एक शिष्यले सोधेछन्- ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’

शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्- ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’

शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई निशाना बनाइएको थियो, यो यहाँबाट पार गरेको भए कसलाई लाग्थ्यो, के हुन्थ्यो भन्ने प्रश्नको जवाफ खोज्नतिर लाग्थ्यौ ?’

शिष्यले जवाफ दिए- ‘म पहिला विषले भरिएको तीर नै शरीरबाट निकालेर फाल्थें, नत्र सबै विष मेरो शरीरमा फैलिहाल्छ नि !’

बुद्ध बोले- बिल्कुल ठीक भन्यौ तिमीले । अब तिमी आफैं भन पहिले यो जीवनलाई कसरी साकार पार्ने, दु:ख निवारण कसरी गर्ने भनेर सोच्ने कि मृत्युपछि के हुन्छ भनेर जीवन बर्बाद पार्ने ? जुन कुरा हाम्रो हातमा नै छैन, त्यसबारे सोचेर किन समय बर्बाद पार्छौ ? हाम्रो हातमा सिर्फ कर्म छ । त्यसबारे मात्र सोच्नुपर्छ, जुन कुरा हाम्रो हातमा छ । यति भनेपछि शिष्यले बुझिहाले, उनको जिज्ञासा शान्त भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah