संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानी स्थित रहेको गुप्तेश्वर महादेव गुफा गुम्नाम बनेको छ । आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ । विभिन्न आकृतिका शिलाबाट निर्माण भएको प्राकृतिक गुफामा महादेवको पुजा गरिन्छ । यहाँ माघे संक्रान्ति र हरिबोधनी एकादशीका दिन धार्मिक मेला लाग्ने गरेको छ । अन्य समयमा पनि यहाँ रुद्री लगाउने गरिन्छ । धार्मिक अस्तित्वको यो गुफा प्रचार अभावमा ओझेलमा परेको हो । यो गुफामा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो गुफामा पुजा गर्नाले सन्तान प्राप्ति तथा दिर्घायु र स्वास्थ्य लाभ हुने स्थानीय सिता श्रेष्ठले बताइन् ।
गुफामा पुजा गर्न छिमेकी जिल्ला भोजपुर, धनकुटा र तेह्रथुमबाट पनि भक्तजनहरु आउने गरेका छन् । तर भक्तजनहरु आउने र बास बस्न नजिकै बस्ती नभएकाले समस्या हुने गरेको छ । गुफा भित्र स्थानीय बुद्धी श्रेष्ठ र सीता श्रेष्ठका दम्पतिले ५० हजार खर्च गरेर विजुली बत्तीको व्यवस्था गरिदिएका छन् । साबिक वाना गाविसले गुफासम्म पुग्न सडकको ट्रयाक ओपन, रेलिङ र सिढी निर्माण गरेको थियो । तर भिरको बाटो भएकाले अहिले नगरपालिकाको ३ लाख रुपैंयाको बजेटले थप रेलिङ तथा सिढी निर्माणको काम भइरहेको छ भने सडकको स्तरोन्नतीको काम भएको वडाअध्यक्ष काजी बहादुर तामाङले बताए । सदरमुकामबाट नजिकै रहेको यो गुफा जति चर्चा हुनु पर्ने हो त्यति हुन सकेको छैन । गुफाको थप प्रचार गर्न गुफासम्म पुग्ने सडकलाई स्तरोन्नती गरी बाह्रै महिना सडक सञ्चालन गर्नु पर्ने छ । भने गुफाको महत्व र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्न सके यसको अस्तित्व चुलिने निश्चित छ ।
यो पनि पढ्नुहोस्ः मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो । अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।
हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।
हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् ।आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ । हरेक वर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीको तिथीका दिन अर्थात धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाउने गरिन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवर्तक धन्वन्तरीको एक पर्व पनि हो । यो दिन नेपालको तराई क्षेत्रमा नयाँ भाँडा कुँडा किनमेल गर्नुको साथै सुनचाँदीको गरहगना किनमेल गर्ने चलन रहेको छ । धनतरेसको दिनमा कागको पुजाआज गरि दिपदान गर्ने गरिन्छ ।
यस दिन घरमा विभिन्न वस्तुहरु किनेर भित्र्याउनाले वर्षभरि धन प्राप्त हुने र लक्ष्मी सधै साथमा रहने विश्वास रहेको छ । आज हामी तपाईलाई काग तिहारको दिन कसैलाई थाहा नदिई घरमा भित्र्याउने सामानको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले गर्दा घरमा आर्थिक लाभ हुन्छ । धनियाका दाना :काग तिहारको दिन तपाईले आफ्नो घरको बगैँचामा धनियाँको दाना कसैलाई थाहा नदिई लक्ष्मी माता प्रसन्न हुने मान्यता रहेको छ ।गरगहना : काग तिहारको दिन सुन तथा चाँदीका गरगहना खरिद गर्नु शुभ मानिन्छ । कसैलाई थाहा नदिइकन खरिद गरेको गरगहना लक्ष्मीलाई अर्पित गरेमा धन लाभ हुनेछ । शंख : शंखलाई हिन्दु धर्ममा विशेष स्थान दिइएको हुन्छ । घरमा शंख बजाउनाले घर शुद्ध हुने मान्यता रहेको छ । काग तिहारको दिन कसैलाई थाहा नदिइ घरमा शंख ल्याएर लक्ष्मीलाई अर्पित गरेमा लक्ष्मी खुसी हुने गर्छिन् ।



