विष्णुप्रसाद पोखरेल 

दमक/ दमकको झापा मोडल इङ्लिस स्कूल (जेम्स) मा एकसाता अघि देखि नै निर्वाचन लागिसकेको थियो । निर्वाचनका लागि प्रमुख आयुक्तदेखि देखि लिएर आयुक्तहरुको नियुक्ति देखि लिएर निर्वाचनको सबै तयारीलाइ चुस्त दुरुस्त बनाउन आवश्यक श्रोत साधनको ब्यवस्थापन गर्न शुरु गरिएको थियो ।

विहिबार यस बिद्यालयमा क्याप्टेन र साहयक क्याप्टेनको निर्वाचन थियो । जहाँ निर्वाचन आयुक्तहरु, नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरी परिचालित थिए । निर्वाचन अधिकृत र स्वयंसेवकहरुको ब्यस्तता पनि गजबको थियो ।

मतदान गर्न लामबद्ध मतदाता, नामवली जाँचका लागि स्वयंसेवक, मतपत्र प्रमाणित गरेर दिन मतदान अधिकृतहरु सबै सिस्टमिक रुपमा बसेका र काम गरिरहेका थिए । कोहि मतपत्रमा मतदान गर्दै थिए त कोहि मतपत्रको बाकसमा मतपत्र खसाइरहेका देखिन्थे ।

प्रजातन्त्रीक अभ्यासको बिषयमा कक्षा १० को पाठ्यक्रममा रहेको बिषयलाइ प्रयोगात्मक रुपमा देखाउन यहाँ साच्चिकै निर्वाचन गराईएको थियो । जहाँ बिद्यार्थीहरुले आफ्नो नेता छान्दै थिए ।

निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेकी कक्षा १० की छात्रा सेलिया श्रेष्ठले यहाँ भएका कृयाकलापहरुको विषयमा जानकारी गराउदै निक्कै महिनेतका साथ मतदानसम्म आइपुगेको बताएकी थिइन् । कक्षा ४ देखि १० कक्षासम्मका बिद्यार्थीहरुलाइ मतदानको अधिकार रहेको उनले सुनाइन् ।

उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, अन्तिम नाम प्रकाशन, प्रचारप्रसार लगायतका सबै तयारीहरुका लागि समय छुट्याईएको थियो । सरकारले गर्ने निर्वाचनभन्दा कम तयारी केहिमा पनि देखिएको थिएन ।

स्कूलका प्रीन्सिपल सागर श्रेष्ठले बिद्यार्थीहरुका लागि सुनौलो सिकाइको रुपमा निर्वाचन कसरी हुन्छ भन्ने देखाइएको छ भने प्रजातन्त्रीक अभ्यासबाट आफ्नो क्याप्टेन तथा उप क्याप्टेन पनि छानेकाछन् ।

मतपत्र समेत बनाइएको थियो । कलम, कापी, किताब, फुटवल लगायत सबै उम्मेदवारहरुलाइ चुनाव चिन्ह उपलब्ध गराएर त्यहि अनुसारको मतपत्र छापेर त्यसैमा मतदान गर्न लगाइएको थियो ।

मतदान हेर्न दमकका सामाजिक अभियान्ता तथा अभिभावकहरु पनि पुगेका थिए । उनिहरुले यो देखेर बिद्यार्थीहरुले वास्तविक सिकाइ सिकेको भन्दै प्रशंशा गरेका थिए । दमक जेसिजका निवर्तमान अध्यक्ष चन्द्र खत्रीले ब्यवहारिक सिकाइ देखेर आफु लोभिएको जनाए

बबरजंग थापा र प्रेम पाण्डेले पनि खुसि प्रकट गरे । विद्यालयमा आफ्ना नानीहरुले गरेको कृयाकलाप हेर्ने उनिहरु आएका थिए । लायन्सकर्मी बिमल शर्माले पनि विद्यालयमा यस्तो कृयाकलाप भएको देख्दा खुसि लागेको जनाए । यस्तो सिकाइ जीबन उपयोगी र ब्यवहारिक हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah