काठमाडौं– कौन बनेगा करोडपतिको नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् ।
कीर्तिमान कायम गर्दै विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।
शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए ।
अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउएर जैनले कीर्तिमान कायम गरेकाे कार्यक्रम होस्ट महानायक राजेश हमालले जानकारी दिए ।
१५ औं प्रश्नको रुपमा महानायक हमालले जैनलाई ‘२००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ भन्ने प्रश्न सोधेका थिए त्यसमा जैनले ‘वि.सं २०१४ माघ १९ गते’ भन्ने उत्तर दिएर एक करोड जिते ।
एक करोड जितेका जैनले सो पैसाले विश्व भ्रमण गर्नुका साथै समाजसेवामा खर्चिने बताएका छन् ।




