दमक/झापा दमकका पुराना किराना ब्यवसायी पदम थापालाइ दमक नगरपालिकाले गल्ला किराना सामाग्रीको मूल्य निर्धारण समितिको संयोजक तोकेको छ ।
समितिमा दमक उद्योग बाणिज्य संघको तर्फबाट भेषराज धमला, ब्यवसायीको तर्फबाट पवन अग्रवाल, उपभोक्ताबाट दुर्गा उप्रेतीलाइ सदस्यको जिम्मेवारी प्रदान गरिएको बताईएको छ ।




