दमक/झापाको दमकमा एक महिलालाइ हैरानी दिएको विषयमा एक ब्याक्तिमाथि खुकुरी प्रहार भएको छ ।
दमक ५ मा बुधबार राति दमक ५ का दीपक चौलागाइले खुकुरी प्रहार गर्दा त्यही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएको जनाइन्छ ।
दमक ५ की बिन्दु थापालाई यादवले मोबाएलमा बारम्बार म्यासेज पठाएको भन्दै आफन्तलाइ जानकारी दिएकी थिइन् ।
त्यो सहन नसकेर आफन्त दाईले ति युवामाथि खुकुरी प्रहार गरेको बताइन्छ ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




