एक वर्षमा केवल एक दिनमात्र खुल्ने मन्दिरका बारेमा त हामीले सुनेकै छौँ । तर वर्षदिनमा केवल ५ घण्टा मात्र खुल्ने मन्दिर पनि यो दुनियाँमा रहेछ । छिमेकी मुलुक भारतमा रहेको एउटा मन्दिर वर्षमा केवल ५ घण्टा मात्र खुल्छ ।

 

उक्त मन्दिरमा महिलाका लागि विशेष नियम पनि छ । छत्तिसगढ प्रान्तको गरियाबन्द जिल्लाा रहेको निरई माता मन्दिर पहाडी इलाकामा रहेको छ । यो देवी मन्दिरमा अन्य देवीका मन्दिरमा जसे सिन्दुर, श्रृंगारका सामान तथा फूलको साटो केवल नरिवल र अगरबत्ती मात्र चढाइन्छ ।

 

वर्षको एक दिन चैते दशैँको नवमीको बिहान ४ देखि ९ बजेभित्रमा मात्र यो मन्दिर खोलिन्छ । वर्षका अरु दिन यो मन्दिरमा जान प्रतिबन्धित छ । चैत्र नवरात्रीमा सो मन्दिरमा आफै ज्योति प्रज्वल्लित हुने दाबी गरिन्छ र नवरात्र भर बलिरहन्छ । तेल विना आफै त्यसरी ज्योति बल्नुलाई स्थानीयले चमत्कारको रुपमा लिन्छन् ।

 

त्यो मन्दिरमा महिलाको प्रवेश निषेध छ र केवल पुरुषहरु मात्र प्रवेश गर्न पाउँछन् । अझ रोचक त महिलाहरुले त्यो मन्दिरको प्रसाद खान पनि पाउँदैनन् । मन्दिरको प्रसाद खाएमा महिलाहरुमा केही न केही नकारात्मक घटना हुने जनविश्वास छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah