मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ । त्यसैले मङ्गलबारको दिन भगवान गणेशको पुजा आरधनाले जीन्दगीभरि फल प्राप्त गर्न सकिने भएकाले भक्तजनहरुको लागि मङ्गलबारको दिन गणेशको पुजा गर्नु राम्रो मानिन्छ । विशेष गरेर मंगलबारको दिन भगवानको पूजा आरधना गर्ने चलन रहेको छ । तर मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले मंगल ग्रहको प्रभावलाई जोगाउनको लागि बुधबारको दिन पनि भगवान गणेशेको पुजा गर्ने प्रचलन रहेको छ । त्यसैले गणेशको पूजा गर्न आवश्यक पर्ने सामाग्रीको बारेमा बताउन गइरहेका छौँ ।

 

१.यदि तपाई गणेश भगवानको पूजा गरेर खुसी बनाउन चाहनुहुन्छ भने बिहानै उठेर नुहाएर सफा कपडा लगाएर मन्दिरमा गएर विभिवत रुपमा गणेशको पूजाआज गर्नुपर्नेछ । सख्खर सहित अन्य १२ किसिमका परिकार चढाएर गणेशको पूजा गर्नुपर्नेछ ।

 

२.यदि तपाईले भगवान गणेशको लागि पूजा आज गर्दा पनि सोचेजस्तो फल प्राप्त गर्न सक्नुभएको छैन् भने बुधबारको दिन गणेशलाई घ्यू अपर्ण गर्नु जरुरी हुन्छ । घ्यू अर्पण गर्दा गणेश भगवान प्रसन्न हुने भएकाले भविष्यमा सोचेभन्दा राम्रो फल प्राप्त हुनेछ । यदि तपाईले पूजा गरेर घ्यू अपर्ण गर्नुभएन भने तपाईले गरेको कार्य अपूर्ण रहनेछ ।

 

३.यदि भगवान गणेशको कृपाबाट प्रसन्न हुन चाहनुहुन्छ भने पूजा गर्दा गणेशलाई सख्खरबाट बनेका परिकारहरु गणेशलाई चढाउनुपर्नेछ । विधिवत रुपमा ब्रत बसी भगवान गणेशको पूजा गरेर गणेशलाई मकैको भोग लगाउनुहोस् जसले तपाईंको घरमा अन्न र धन कहिल्यै कमि हुने छैन् । गणेशको पूजा गर्दा अखण्डित चामल मात्र चढाउनुहोस् । अन्यथा गणेशलाई स्वीकार्य हुने छैन् ।

 

४.बुधबार गाणेशको ब्रत बसी मुगको दाल दान गर्दा जीवनमा सम्पूर्ण दुख कष्ट नष्ट भएर जानेछ । उक्त दिन मङ्गल ग्रहलाई प्रसन्न बनाउनको लागि भगवती दुर्गाको पूजा गर्नु जरुरी हुन्छ ।

 

आज मंगलबारको दिन भुलेर पनि गर्न नहुने पाँच काम….मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन?यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ ।

 

सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

 

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

 

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

 

यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

 

मंगलबारको दिन गर्न नहुने ५ काम;

 

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

 

२- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

 

३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

 

४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

 

५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

 

हामीलाई थाहानै छ कि कालाष्टमी दिन भैरवको जन्म भएको हुनाले यस दिनलाई भैरव जयन्ति भनेर मान्ने गरिन्छ। काल भैरवलाई भगवान शिव को अवतार समेत मान्ने गरिन्छ। कालभैरवको पूजा गर्दा आफूमा भएका सम्पूर्ण नकारात्मक कुराहरु टाढा भई जीवनमा सफलता मिल्ने विश्वास रहेको छ। काल भैरवको पूजा गर्दा जीवनका सम्पूर्ण दुख कष्टहरु समेत नष्ट भएर जाने कुरा शास्त्रमा उल्ल्लेख गरिएको छ।

 

तपाई काल भैरवको पूजा गर्दा पाठ गर्नु पर्ने मन्त्र : ह्रीं उन्मत्त भैरवाय नम।

 

कालभैरवको पूजा गर्ने दिन विहान छिट्टै उठेर स्नान गरि वर्त लिएर आफ्ना पितृहरुको सम्झनाका साथ श्रद्धा गर्नुहोस। त्यस पश्चात भैरवको पूजा गरि रातको मध्यमा बत्ति बलि ,कालो तिल,सरौशको तिल आदीको साथमा भैरवको आरती गर्नुहोस। यति गरिसकेपछि वर्त भंग गरि कालो कुकुरलाई सेलरोटी खुवाउनुहोस्।

 

यस्ता व्यक्तिको घरमा धनको बास हुँदैन’

काठमाडौं, समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए भनेर हिन्दू शास्त्रमा उल्लेख छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए ।

 

देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिईन भनि शास्त्रमा उल्लेख गरिएको छ ।

 

– ‘लोभस्य पाप कारणम’ भनि शास्त्रमा उल्लेख छ । अर्थात लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुँदैन ।

 

– मासु, माछा को धेरै प्रयोग हुने घरमा पनि लक्ष्मीको बास हुन सक्दैन ।

 

– स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहने घरमा लक्ष्मीको लामो समयसम्म बास रहन सक्दैन् ।

 

– अहंकार गरेर बस्ने परिवार बस्ने घरमा लक्ष्मीको बास हुन सक्दैन ।

 

– स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने शास्त्रमा उल्लेख छ ।

 

कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

 

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

 

हेरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः

 

१. आइतबार

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

 

२. सोमबार

सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

 

३. मङ्गलबार

मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

 

४. बुधबार

‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

 

५. विहिबार

विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

 

६. शुक्रबार

शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

 

७. शनिबार

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah