काठमाडौं। महाभारतमा पाण्डवको परिवारलाई सर्वश्रेष्ठ परिवार मानिन्छ। यो परिवारमा एक अर्काप्रति प्रेम, समर्पण र कर्तव्यको भावनाको जुन ज्ञान थियो, त्यस्तो आजकलका परिवारमा हुँदैन। यही कारण घर परिवारमा झगडा र अशान्ति हुन्छ। महाभारतका अनुसार परिवारमा शान्ति कामय गर्न यी विषयमा ध्यान दिनु आवश्यक हुन्छ।
महाभारतमा पाण्डवका परिवारमा आमा कुन्ती र पाँच छोरा थिए। युधिष्ठिर, अर्जुन र भीम कुन्तीका छोरा थिए भने नकुल र सहदेव माद्रीका छोरा थिए। महाराज पाण्डु र माद्रीको मृत्युपछि कुन्तीले पाँचै भाइलाई समान ममता दिइन्।
सबैलाई राम्रो संस्कार दिइन्। आमाले भनेका सबै कुरा उनीहरु आदरपूर्वक निर्वाह गर्थे। कसले के गर्ने भन्ने सबै जिम्मेवारी तय थियो। यही कारण पाण्डव जहाँ भएपनि खुशी भएर बस्थे। जुन परिवारमा यस्तो समपर्णको भाव हुँदैन, त्यहाँ झगडा र अशान्तिको अवस्था हुन्छ।
परिवारको सुख–शान्ति त्यतिबेला मात्रै संभव हुन्छ जतिबेला परिवारका कुनै पनि सदस्य स्वार्थी र दुर्गुणी हुँदैनन्। यदि परिवारमा आफ्नो कर्तव्यप्रति पूरै आस्था र समपर्णको भाव भए त्यहाँ शान्ति र सुख शान्ति मात्रै हुन्छ। कुनै पनि झगडा वा अशान्ति त्यतिबेलामात्रै पैदा हुन्छ, जतिबेला परिवारका सदस्यमा आफ्नो कर्तव्य भन्दा पनि आफूलाई कसरी फाइदा हुन्छ भनेर सोचिन्छ।
यदि कर्तव्य र अधिकारको गहिराईलाई बुझेर यसको बीचमा सन्तुलन कायम गर्ने हो भने परिवारमा शान्ति हुन्छ र परिवार टुक्रिनबाट बच्छ। जुन परिवारमा अधिकार भन्दा पहिला कर्तव्यको महत्व हुन्छ, त्यहाँ प्रेम, सहयोग र सद्भाव कायम हुन्छ।




