काठमाडौं। शुक्राचार्य ज्ञानी ऋषि हुनुका साथै राम्रा नीतिकार पनि थिए। उनले कयौं शास्त्रको रचना पनि गरेका छन्। शुक्राचार्यको नीतिले धेरै महत्व राख्छ। शुक्राचार्य महर्षि भृगुका पुत्र थिए। उनलाई दैत्य गुरु पनि भनिन्छ। शुक्राचार्यले नै दैत्यलाई ज्ञान र तपको मार्ग देखाएका हुन्। सही र गलतको जानकारी दिने उनको काम थियो। शुक्राचार्यले बनाएको नीति आज पनि उत्तिकै सान्र्दभिक छ।

 

 

शुक्राचार्यले आफ्नो एक नीतिमा ६ चिजका विषयमा बताएका छन्। जसलाई आफ्नो अबमा राख्ने कोशिस नै संभव हुँदैन। उनका अनसार धर्मको मार्गमा हिँड्दै त्यसको उपयोग गर्नु राम्रो हुन्छ।

 

यौवनं जीवितं चित्तं छाया लक्ष्मीश्च स्वामिता।
चंचलानि षडेतानि ज्ञात्वा धर्मतरो भवेत्।।

 

अर्थात, यौवन, जीवन, मन छायाँ, लक्ष्मी र सत्ता यी ६ चीज धेरै चंचल हुन्छन्। यसलाई बुझेर धार्मिक काममा लागिरहनुपर्छ।

जवानी

सबैलाई आफू सधैं सुन्दर, जवान र आकर्षक बनी राखुँ भन्ने चाहना हुन्छ। कसैलाई पनि बुढो हुन मन लाग्दैन। तर त्यस्तो संभव हुँदैन। यो प्रकृतिको नियम हो, एक समयपछि सबैलाई युवावस्थाले उसको साथ छोड्छ। अब सधैं युवा भइराख्न मनुष्यले जति कोशिश गरेपनि संभव हुँदैन।

 

जीवन

जन्म र मृत्यु मनुष्य जीवनको अभिन्न अंग हो। जसको जन्म भयो उसको मृत्यु निश्चित छ। कुनै पनि मनुष्यले चाहे जतिसुकै पूजा पाठा गरेपनि वा औषधिको सहारा लिएपनि निश्चित समयपछि उनको मृत्यु हुन्छ।

मन

मन निकै चंचल हुन्छ। कयौं मानिस मनलाई आफ्नो नियन्त्रणमा राख्न कोशिश गर्छन। तर कुनै न कुनै बेला उनीहरुको मन अनियन्त्रित भइहाल्छ। र उसले यस्तो काम गराउँछ, जुन काम गर्नु हुँदैन थियो।

छायाँ

मनुष्यको छायाँले उसका साथ त्यतिबेलासम्म दिन्छ, जतिबेला उ घाममा हिँड्छ। अन्धकार भएपछि छायाँले पनि मनुष्यको साथ छोड्छ।

 

लक्ष्मी

मन जस्तै धनको स्वाभाव पनि निकै चंचल हुन्छ। धन सधैं भरी एक ठाउँमा वा कुनै व्यक्तिसँग मात्र टिक्दैन। त्यसकारण धनसँग मोहित हुनु ठिक हुँदैन।

सत्ता

धेरै मानिसलाई शक्ति अर्थात सत्ता पाउने शोक हुन्छ। आफूलाई प्राप्त पद र अधिकार जीवनभर प्राप्त भइरहोस भन्ने मानिसको चाहना हुन्छ। तर त्यस्तो संभव हुँदैन। जसरी परिवर्तन प्रकृतिको नियम हो त्यसैगरी पद र अधिकार पनि परिवर्तन भइरहन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah