दमक/झापाको दमक सिरस एजुकेशनको शाखा कार्यालयले सेवा शुरु गरेको छ । अष्ट्रैलियामा मुख्य कार्यालय रहेको यस शाखाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया र जापान लगायतका देशहरुमा जान चाहने बिद्यार्थीहरुलाइ परामर्श एवं सहजीकरण गर्ने बताइएको छ ।
अष्ट्रेलियन प्रवास कानून र कानुनी ढाँचालाइ पालना गरेर आफुहरुले बिद्यार्थीहरुलाइ त्यहाँ उच्च शिक्षा अध्ययनका लागि लैजान सहजीकरण गर्ने पनि बताईएकोछ । शाखा कार्यालय दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले रिविन काटेर गरेका थिए । दमक ८ स्थित ट्याक्सि स्टेण्ड नजिकै जनता बैकमाथि यसको कार्यालय रहेको छ ।

बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाइ, संघका सदस्य ज्ञानु पौड्याल, भेषराज धमाल, कृष्णराज पौड्याल, राजु खड्का लगायतको पनि उपस्थिति रहेको थियो । शाखा म्यानेजर विवेक भट्टराइका अनुसार गुणस्तरीय र पारर्शी रुपमा आफुहरुले शैक्षिक परामर्श उपलब्ध गराउने बताए । हाम्रो उदेश्य कुनै पनि प्रलोभनमा बिद्यार्थीहरु नफसुन भन्ने हो, उनले भने ।
बिदेश जाँदा आवश्यक जान्नुपर्ने भासा तथा सिकाइ यहि हुने पनि बतार्र्ईएको छ । बिद्यार्थीहरुले कुनै झन्झट बेहोर्नु नपरोस र सम्पूर्ण परामर्श सहितको सहजीकरण यहिबाट हुन्छ, भट्टराइले जनाए । २ बर्ष अघिदेखि काठमण्डौबाट सेवा शुरु गरेको यस शैक्षिक परामर्श केन्द्रले दमक लगायतका क्षेत्रमा शाखा विस्तार शुरु गरेको हो ।




