नवराज सिलवाल : लोकसेवाको बिज्ञापन समावेसी र समानुपातिक छैन भन्ने कुरा सही हो । यस्मा माननीय मन्त्रीज्यूले स्थानीय तहबाट एक जना मात्रै माग आयो कसरी समावेसी बनाउने ? भन्ने तर्क राख्नुभयो । समिति सहमत हुन सकेन । तर निर्देशन पनि गलत नै भयो समितिबाट ।
पार्टी संसदीय दलले पनि यो बिषयमा कुनै छलफल वा निर्देशन दिने काम भएन । सवै माननीयहरुले आफ्नो धारणा राख्नुभयो । सभापतिले आफू अनुकुल निर्णय सुनाउनु भयो ।
समितिले स्थायी कर्मचारी भर्नाको बिज्ञापन रोकेर अस्थायी वा करारमा राख्न दिएको निर्देशन गलत छ । एउटै बिषयमा दुई ओटा मापदण्डको निर्देशन दिनु गलत हो । सभापतिको जवर्जस्ती हो ।




