लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटारमा एक गणेश मन्दिर छ । मिदिम खोलाको छेउमा रहेको उक्त मन्दिर अन्य मन्दिर भन्दा निकै फरक रहेको छ । मन्दिर बाहीरबाट हेर्दा सबै ठुलो पिपलको बोटले छोपेको छ । स्थानिय चोलनाथ घिमिरेका अनुसार मन्दिर पहिला ढुङ्गाको गाह्रोले बनाइएको थियो । मन्दिर माथी सानो पिपलको बिरुवा उम्रियो र अहिले उक्त पिपलको बोट ठुलो भयो । पिपलको बोटले पुरै मन्दिर छोपेको छ ।

 

 

अहिले सो मन्दिरमा पुग्ने सर्वसाधारणलाई निकै अनौठो लाग्ने गर्दछ ।पिपलको बोट ठुलो भएकाले मन्दिरको ढोकाबाट छिर्नै नसकिने भएकाले पिपलको बोट तासेर ढोका बनाइएको छ र सो ढोकामा गेट लगाइएको छ । करापुटारमा रहेको उक्त मन्दिर नजिकै शिवको मन्दिर छ जहाँ शिवरात्रीमा निकै ठुलो मेला लाग्ने गर्दछ ।

 

 

शिव मन्दिरमा सोती थरका पुजारीहरुले पुजा गर्दै आएका छन् भने गणेश मन्दिरमा घिमिरे थरका पुजारीहरुले पुजा गर्दै आएका छन् ।पछिल्लो समय सो क्षेत्रका धार्मिक स्थलको विकासका लागि इशानेश्वर महादेवप मन्दिर क्षेत्र विकास समितिले उक्त ठाउँको विकासका लागि काम गर्दै आईरहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah