अलास्का। अमेरिकाको अलास्कामा १८ वर्षकी एक युवतीले आफ्नी आत्मीय साथीको हत्या गराएकी छिन् । डेनाली ब्रेमर नामकी ती युवतीलाई अनलाइनमार्फत १ अर्ब रुपैयाँको लोभ देखाइएको थियो । अदालतले दोषी युवती, उनका ४ जना साथी र अनलाइनबाट लोभ देखाउने व्यक्तिलाई ९९–९९ वर्षको सजाय सुनाएको छ । पुलिसका अनुसार युवतीलाई अनलाइन लोभ दिएर उक्साउने युवक युवतीलाई पनि ब्ल्याकमेल गर्न चाहन्थे ।

पुलिसका अनुसार डेनालीको भेट अनलाइनमार्फत २१ वर्षका डेरिन शिलमिलरसँग भएको थियो । उनी इण्डियानामा बस्ने । जब उनको डेनालीसँग अनलाई मित्रता भयो त्यतिबेला उनले आफ्नो नाम टाइलर बताएका थिए । उनले आफूलाई अरबपति बताएका थिए । उनहिरुको मित्रता अगाडि बढ्दै गएपछि दुवैले हत्याको षड्यन्त्र रचे । शिलमिलर चाहन्थे कि कुनै युवतीको बलात्कारपछि हत्या गरियोस् । घटनाको फोटो र भिडियो पठाएवापत उनले ९ मिलियन डलर (१ अर्ब नेपाली रुपैयाँ) डेनालीलाई दिने बताएका थिए ।

डेनालीले आफ्नी साथी सिन्थिया हाफम्यानको हत्याको लागि ४ जना साथीहरुलाई तयार गरिन् । २ जूनमा डेनाली र उनका एक साथीले सिन्थियालाई फकाएर एउटा झरना नतिकै लिएर गए । उनलाई बन्धक बनाए र उनको टाउकोमा पछाडिबाट गोली हानेर नदीमा फालिदिए ।
पुलिसले सिन्थियाको शव ४ जूनमा बरामद गर्यो । उनका पिताका अनुसार सिन्थियाको स्मरणशक्ति निकै कमजोर थियो । उनको दिमाग १२ वर्षकी बालिकाको जस्तै थियो । सिन्थियालाई गोली हान्ने काम डेनालीका १६ वर्षीय साथी केडेन मेरेन्टोसले गरेका थिए । जुन पेस्तोलबाट गोली हानियो त्यो डेनालीकै थियो ।

हत्याका क्रममा डेनाली आफ्ना अनलाइन साथी शिलमिलरसँग निरन्तर सम्पर्कमा थिइन् । उनले स्न्यापच्याटमा लगातार फोटो पठाइरहेकी थिइन् । सिन्थियाका आपत्तिजनक फोटो यस क्रममा शिलमिलरलाई पठाइएको थियो । डेनालीको फोनबाट थाहा भयो कि यस क्रममा उनले सिन्थियाको अश्लील भिडियो पनि बनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah