झापा । झापामा छुट्टाछुट्टै दुर्घटनामा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ। करेन्ट र पानी जमेको खाल्डोमा परी बालकसहित दुईजनाको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिका १ स्थित बेभरी गौतमको घरमा सप्ताह महापुराणमा गएका बिर्तामोड नगरपालिका ४ बस्ने ४० वर्षीय अमृत आचार्यको करेन्ट लागेर मृत्यु भएको छ। शनिवार राती ११ बजे ट्युवलमा पानी चलाउने क्रममा बिजुलीको तार सर्ट भई आचार्यलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर बेहोस भएका आचार्यको उपचारको क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाकारी दिए। उता गौरादह नगरपालिकामा पानी जमेको खाल्डोमा परी सोही नगरपालिका ८ बस्ने तेजबहादुर बोहराको १० वर्षीय छोरा प्रसन्नको मृत्यु भएको हो।

घरनजिकै खेल्ने क्रममा इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा स्थानीयले बालक प्रसन्नलाई फेला परेका थिए। डुबेर बेहोस भएका बालकलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। टाइम्स अफ प्रदेश बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah